नेभिगेशन
समाज

लिङदेनको आरोप, ‘भाटभटेनीको रक्सी लुट्ने कांग्रेस सहमहामन्त्रीको छोरालाई तुरुन्तै छोडियो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केट लुट्न कांग्रेसकै नेता पुगेको आरोप लगाएका छन् ।  शुक्रबार संसदको हिउँदे अधिवेशन अन्तर्गतको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले पक्राउ परेका व्यक्ति कांग्रेस सहमहामन्त्रीका छोरा भएको बताए । त्यस्तै उनले ती नेताका छोरालाई दुई घण्टाभित्रै छोडिएको आरोप लगाए । 

‘भाटभटेनीको लुटपाटमा सत्तारुढको तपाईंकै पार्टीको सहमहमन्त्रीको छोरो रहेछ। किन छोड्नु भयो तुरुन्तै ? हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ लिङ्देनले भने ।

त्यस्तै उनले सहमहामन्त्रीको छोरा छुटेको तर उनीसँगै गएका व्यक्तिलाई नछुटाएपछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिएको समेत बताए । उनले भने, ‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो, तपाईंको प्रहरीले भिडियोमा हेरे पक्रियो । तर, नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नुभयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो ।’

अध्यक्ष लिङ्देनले पार्टीको सहमहामन्त्री भनेपनि को सहमहामन्त्री भन्ने विषय भने खुलाएनन् । हाल नेपाली कांग्रेसमा ८ जना सहमहामन्त्री छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै