नेभिगेशन
समाज

लिङदेनको आरोप, ‘भाटभटेनीको रक्सी लुट्ने कांग्रेस सहमहामन्त्रीको छोरालाई तुरुन्तै छोडियो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केट लुट्न कांग्रेसकै नेता पुगेको आरोप लगाएका छन् ।  शुक्रबार संसदको हिउँदे अधिवेशन अन्तर्गतको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले पक्राउ परेका व्यक्ति कांग्रेस सहमहामन्त्रीका छोरा भएको बताए । त्यस्तै उनले ती नेताका छोरालाई दुई घण्टाभित्रै छोडिएको आरोप लगाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘भाटभटेनीको लुटपाटमा सत्तारुढको तपाईंकै पार्टीको सहमहमन्त्रीको छोरो रहेछ। किन छोड्नु भयो तुरुन्तै ? हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ लिङ्देनले भने ।

Ncell
Extreme Energy

त्यस्तै उनले सहमहामन्त्रीको छोरा छुटेको तर उनीसँगै गएका व्यक्तिलाई नछुटाएपछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिएको समेत बताए । उनले भने, ‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो, तपाईंको प्रहरीले भिडियोमा हेरे पक्रियो । तर, नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नुभयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो ।’

अध्यक्ष लिङ्देनले पार्टीको सहमहामन्त्री भनेपनि को सहमहामन्त्री भन्ने विषय भने खुलाएनन् । हाल नेपाली कांग्रेसमा ८ जना सहमहामन्त्री छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै