नेभिगेशन
समाज

नवनियुक्त शिक्षामन्त्री भेट्न हिँडेका शिक्षक महासंघको टोली किन बिचबाटै किन फर्किए ?

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकसंग वार्ता गर्ने सरकारको प्रयास असफल भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरुको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थीत नभएपछि शिक्षकसंग वार्ता गर्ने सरकारको प्रयास असफल भएको हो । मन्त्रालयले छलफलका लागि बिभिन्न शिक्षक संघ–संगठनहरुका प्रतिनिधिलाई शुक्रबार सिंहदरबार बोलाइएको थियो । छलफलका लागि केहि शिक्षकहरु समेत मन्त्रालय पुगिसकेका थिए । तर महासंघले शिक्षामन्त्रीसंग औपचारिक भेटका लागि जाने क्रममा रहेपनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको उल्लेख गरेको छ ।

Ncell
Extreme Energy

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुबाटै प्राप्त नामका आधारमा प्रतिनिधिहरुलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गरे । शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसंग वार्ता गरि समास्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताए । 

त्यस्तै मन्त्रालय पुगेका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंहले सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्ष लगाएतको टोली फकिएको जानकारी दिए । 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ । आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरुले शुक्रबार २४ औं पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै