नेभिगेशन
मुख्य समाचार

नवनियुक्त शिक्षामन्त्री भेट्न हिँडेका शिक्षक महासंघको टोली किन बिचबाटै किन फर्किए ?

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकसंग वार्ता गर्ने सरकारको प्रयास असफल भएको छ । 

वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरुको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थीत नभएपछि शिक्षकसंग वार्ता गर्ने सरकारको प्रयास असफल भएको हो । मन्त्रालयले छलफलका लागि बिभिन्न शिक्षक संघ–संगठनहरुका प्रतिनिधिलाई शुक्रबार सिंहदरबार बोलाइएको थियो । छलफलका लागि केहि शिक्षकहरु समेत मन्त्रालय पुगिसकेका थिए । तर महासंघले शिक्षामन्त्रीसंग औपचारिक भेटका लागि जाने क्रममा रहेपनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको उल्लेख गरेको छ ।

CG

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुबाटै प्राप्त नामका आधारमा प्रतिनिधिहरुलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गरे । शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसंग वार्ता गरि समास्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताए । 

त्यस्तै मन्त्रालय पुगेका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुद कुमार सिंहले सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्ष लगाएतको टोली फकिएको जानकारी दिए । 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ । आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरुले शुक्रबार २४ औं पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवेशन तयारीबारे छलफल

एमाले महाधिवेशन तयारीबारे छलफल

ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा गरेको सङ्गठन विभाग...
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

सोमबार ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार...
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा नेताहरुको जोड

एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा नेताहरुको जोड

महाधिवेशनका सन्दर्भमा सोमबार आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए ।...
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।