नेभिगेशन
समाज

आजको मौसमः यी चार प्रदेशका  पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Ncell
Extreme Energy

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमिति सदस्यका लागि मतगणना हुँदैछ ।
साउदी अरब र हुथीबीच तनाव बढ्यो, इरानद्वारा मध्यस्थताको प्रस्ताव

साउदी अरब र हुथीबीच तनाव बढ्यो, इरानद्वारा मध्यस्थताको प्रस्ताव

इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ।
भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

संसदीय सुनुवाइ समितिले आज भारतसहित चार देशमा प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ ।
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण आज

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण आज

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।

भर्खरै