नेभिगेशन
समाज

आन्दोलनबाट फर्कीदै गरेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन् ।  घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

Ncell
Extreme Energy

दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते हुनुभएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।

“म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।”

बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको समेत उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदै

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमिति सदस्यका लागि मतगणना हुँदैछ ।
साउदी अरब र हुथीबीच तनाव बढ्यो, इरानद्वारा मध्यस्थताको प्रस्ताव

साउदी अरब र हुथीबीच तनाव बढ्यो, इरानद्वारा मध्यस्थताको प्रस्ताव

इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ।
भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

भारतसहित चार देशका प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

संसदीय सुनुवाइ समितिले आज भारतसहित चार देशमा प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ ।
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण आज

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण आज

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।

भर्खरै