नेभिगेशन
समाज

राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसक्योः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको बताएको छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रचण्डले चैत्र १५ गतेपछि राजावादीको होहल्ला र रणनीति पूर्णरुपमा असफल भइसकेको र गणतन्त्रबादी सफल भएको बताएका हुन् । 

Ncell
Extreme Energy

उनले आउने दिनमा पनि बितण्डा मच्चिन सक्ने भएकाले प्रतिगामीहरुलाई खवरदारी गर्ने जिम्मेवारी सवैको भएको उल्लेख गरे । प्रचण्डले अहिलेको सरकार सुशासनका बिरुद्ध खडा गरिएको बिचौलियाको सरकार भएको दोहररयाए । विद्यालयका लाखाँै शिक्षकहरु निरन्तर आन्दोलनमा रहँदा पनि सरकारका नेतृत्व गैरजिम्मेवार ढंगले प्रस्तुत भएको उनले बताए । 

हिजो शिक्षकहरुलाई किन आन्दोलन नगरेको भनेर उस्काउने व्यक्ति अहिले प्रधानमन्त्रीको कुर्सीमा रहेको भन्दै प्रचण्डले प्रधानमन्त्रीले नै शिक्षकहरुलाई अपमानीत गर्ने काम गरेको आरोप लगाए । उनले आफु प्रधानमन्त्री हुँदा शिक्षक, सहकारी र लघुवित्त पीडितहरूको जायज माग सम्बोधन गर्ने पहल गरेको दावी गरे । 

अध्यक्ष प्रचण्डले यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध प्रचार संयन्त्रमार्फत लड्नुपर्ने जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।

भर्खरै