नेभिगेशन
मुख्य समाचार

देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् । 

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस सभापति स्वदेश फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्रक्क गलेको टिप्पणी गरेका हुन् । 

CG

“सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन”, प्रधानमन्त्री ओलीले भने, “मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नुपर्दैन ।”

प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गरे । उनले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेकोे जानकारी दिए । 

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको सन्दर्भमा अध्यक्ष ओलीले यस्ता कार्यप्रति तेज तराजरुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । 

आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सकिने उनले बताए । उनले एमाले मिसन २०८४ मार्फत् बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरित गर्न लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा जोड दिए । 

उनले दस्तवेजहरुको चिन्तन मनन तथा तुलनात्मक अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत, तथ्य र प्रामाणिक कुराहरु साहसिकरुपमा प्रस्तुत हुन सांसद्हरुलाई निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पदाधिकारीलाई कारवाही गर्ने  केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

पदाधिकारीलाई कारवाही गर्ने केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफुहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा...
कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले...
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

बुधबार ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६...
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु गर्ने गगनको घोषणा

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु गर्ने गगनको घोषणा

उनले आफूहरु आधिकारिक काँग्रेस भएको दाबी गरेका छन । उनले कानुन, विधि, संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिने पनि दाबी गरे ।