नेभिगेशन
समाज

देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले कांग्रेस सभापति स्वदेश फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्रक्क गलेको टिप्पणी गरेका हुन् । 

Ncell
Extreme Energy

“सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन”, प्रधानमन्त्री ओलीले भने, “मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नुपर्दैन ।”

प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गरे । उनले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेकोे जानकारी दिए । 

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको सन्दर्भमा अध्यक्ष ओलीले यस्ता कार्यप्रति तेज तराजरुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । 

आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सकिने उनले बताए । उनले एमाले मिसन २०८४ मार्फत् बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरित गर्न लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा जोड दिए । 

उनले दस्तवेजहरुको चिन्तन मनन तथा तुलनात्मक अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत, तथ्य र प्रामाणिक कुराहरु साहसिकरुपमा प्रस्तुत हुन सांसद्हरुलाई निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् ।
बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्‍यायो विजुली

बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्‍यायो विजुली

सरकारले बुढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन गरेको छ ।
सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ।

भर्खरै