नेभिगेशन
समाज

एमाले संसदीय दलको चारबुँदे निष्कर्ष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको शनिबार बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ । बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ ।

मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्वका नीति, योजना र विषयलाई संसद्मार्फत सशक्त ढङ्गले उठान गर्ने बैठकले निष्कर्ष निकालेको पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

CG

उनका अनुसार बैठकले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती विधेयकलगायत र अन्य  विचाराधीन विधेयकलाई गुणस्तरीय कानुन बनाउने गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउन एमाले संसदीय दल र सदस्यहरूले  प्रभावकारी पहलकदमी लिने निष्कर्ष निकालेको हो ।

मुख्य सचेतक बर्तौलाले भने, “संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका रूपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदाधिकारीलाई कारवाही गर्ने  केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

पदाधिकारीलाई कारवाही गर्ने केन्द्रीय समितिको निर्णय काँग्रेस विशेष महाधिवेशनद्वारा खारेज

कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफुहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा...
कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

कांग्रेस विशेष महाधिवेशनः मतदान राति ८ बजेदेखि

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दावी विरोध ४ः३० बजेसम्म, उम्मेद्वारमाथिको दावी विरोध छानविन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले...
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु गर्ने गगनको घोषणा

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु गर्ने गगनको घोषणा

उनले आफूहरु आधिकारिक काँग्रेस भएको दाबी गरेका छन । उनले कानुन, विधि, संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिने पनि दाबी गरे ।
भृकुटीमण्डपको नारा: 'हिटलर देउवा मुर्दावाद'

भृकुटीमण्डपको नारा: 'हिटलर देउवा मुर्दावाद'

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहा पार्टी विभाजन रोक्न भन्दै दुबै पक्ष आपसी छलफलमा  थिए । विशेष महाधिवेशनको लक्ष्यअनुसार पार्टी...