नेभिगेशन
समाज

अज्ञात समूहद्वारा विद्युत् ट्रान्सफर्मर चोरी

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–२ मा रहेको विद्युतीय ट्रान्सफर्मर चोरी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय रामपुजन मुखियाका अनुसार कमला सिँचाइ आयोजनाअन्तरगत करिब चार वर्षअघि राखिएको रु एक करोडभन्दा बढी लागतको ५० एम्पियरको ट्रान्सफर्मर चोरी भएको हो । विगतमा घर, पसलमा चोरी हुने गरेकामा पछिल्लो समय सिरहामा विद्युत् ट्रान्सफर्मरसमेत चोरी भएको छ । बिहीबार राति अज्ञात समूहले उक्त ट्रान्सफर्मर चोरेको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

Ncell
Extreme Energy

अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेका हुन् । सूचना अधिकारी पासवानले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए । 

चोरीको प्रकृति हेर्दा विद्युत्सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।