नेभिगेशन
समाज

अज्ञात समूहद्वारा विद्युत् ट्रान्सफर्मर चोरी

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–२ मा रहेको विद्युतीय ट्रान्सफर्मर चोरी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय रामपुजन मुखियाका अनुसार कमला सिँचाइ आयोजनाअन्तरगत करिब चार वर्षअघि राखिएको रु एक करोडभन्दा बढी लागतको ५० एम्पियरको ट्रान्सफर्मर चोरी भएको हो । विगतमा घर, पसलमा चोरी हुने गरेकामा पछिल्लो समय सिरहामा विद्युत् ट्रान्सफर्मरसमेत चोरी भएको छ । बिहीबार राति अज्ञात समूहले उक्त ट्रान्सफर्मर चोरेको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

Extreme Energy

अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेका हुन् । सूचना अधिकारी पासवानले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए । 

चोरीको प्रकृति हेर्दा विद्युत्सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु

असोजमा ५ अर्ब ९२ करोड को विद्युत् निर्यात, बङ्गलादेशमा पुनः निर्यात सुरु

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताए ।
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...