नेभिगेशन
समाज

कांग्रेस सहमहामन्त्रीको छोरा रक्सी चोर्ने काममा संलग्न भएको प्रमाणित गर्न राजेन्द्र लिङ्देनलाई कांग्रेसको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । आइतबार प्रतिनिधिसभामा बोल्दे कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले १५ गतेको घटनामा भाटभटेनीमा कांग्रेस सहमहामन्त्रीको छोराले रक्सी लुटेको भन्ने राजेन्द्र लिङ्देनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सो विषय प्रमाणित गर्न चुनौती दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘राप्रपाका अध्यक्षज्यूले चैत १५ गतेको घटनामा भाटभटेनीमा लुटपाट भयो, सो लुटपाटलमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ, त्यसको भिडियो फुटेज छ । उहाँलाई पक्राउ गरियो र पछि सहमहामन्त्रीको छोरो भनेपछि छुटाइयो भनेर रोष्टमबाट अभिव्यक्त गर्नुभयो ।’, घिमिेरे थपे,‘हाम्रा ८ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहीँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, त्यो प्रमाणित गर्नका लागि म आग्रह गर्दछु । हैन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ र उहाँले क्षमायाचना गर्नुपर्छ । उहाँले कसैलाई पनि व्यक्तिगत रुपमा र सामुहिक रुपमा पार्टीलाई पनि लाञ्छित गरेर बोल्न पाइँदैन, र रेकर्डबाट हटाउनुपर्छ ।’
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।