नेभिगेशन
समाज

कांग्रेस सहमहामन्त्रीको छोरा रक्सी चोर्ने काममा संलग्न भएको प्रमाणित गर्न राजेन्द्र लिङ्देनलाई कांग्रेसको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । आइतबार प्रतिनिधिसभामा बोल्दे कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले १५ गतेको घटनामा भाटभटेनीमा कांग्रेस सहमहामन्त्रीको छोराले रक्सी लुटेको भन्ने राजेन्द्र लिङ्देनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सो विषय प्रमाणित गर्न चुनौती दिएका हुन् । 

‘राप्रपाका अध्यक्षज्यूले चैत १५ गतेको घटनामा भाटभटेनीमा लुटपाट भयो, सो लुटपाटलमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ, त्यसको भिडियो फुटेज छ । उहाँलाई पक्राउ गरियो र पछि सहमहामन्त्रीको छोरो भनेपछि छुटाइयो भनेर रोष्टमबाट अभिव्यक्त गर्नुभयो ।’, घिमिेरे थपे,‘हाम्रा ८ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहीँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, त्यो प्रमाणित गर्नका लागि म आग्रह गर्दछु । हैन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ र उहाँले क्षमायाचना गर्नुपर्छ । उहाँले कसैलाई पनि व्यक्तिगत रुपमा र सामुहिक रुपमा पार्टीलाई पनि लाञ्छित गरेर बोल्न पाइँदैन, र रेकर्डबाट हटाउनुपर्छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै