नेभिगेशन
समाज

प्रधानमन्त्रीलाई रास्वपाको चुनौती, ‘पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने हिम्मत छ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्न चुनौती दिएको छ । आइतबारको प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको र सो को अनुसन्धान गर्न न्यायिक छानबिन समिति आवश्यक रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘२०७१ सालमा प्रधानमन्त्रीज्यू, तपाईँले नै निर्माण सम्झौता गरेको पोखरा विमानस्थलमा २०७९ मा निर्माण सम्पन्न भयो । तर पनि आजसम्म परिक्षण उडानबाहेक सञ्चालनमा आउन सकेको छैन । २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको संसदको लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ ।’, रास्वपा सांसद पराजुलीले भने, ‘प्रधानमन्त्रीज्यू, अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भनेर कार्यकताको आँखामा छारो हालिरहने कि उच्चस्तरिय शसक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गर्ने प्रतिबद्धता जाहेर गर्ने ? हिम्मत छ प्रधानमन्त्रीज्यू ?’

Ncell
Extreme Energy

त्यस्तै उनले विमानस्थललाई आवश्यक लम्बाईको धावनमार्ग बन्न नसकेको तर त्योभन्दा लामो भ्रष्टाचारको सूची बनेको समेत बताएका छन् । सांसद पराजुलीले पोखराको भ्रष्टाचार काण्डले नेपालमा हुने भ्रष्टाचारका काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको बताएका छन् । उनले भने, ‘विमानस्थललाई आवश्यक लम्बाईको धावनमार्ग त बन्न सकेन तर धावनमार्ग भन्दा कयौँ गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेका छन् । यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना नीजि स्वार्थ त होलान्, यद्यपी नेपालमा हुने भ्रष्टाचारका काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा उजागर भएको सत्य हो नि ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।