नेभिगेशन
समाज

प्रधानमन्त्रीलाई रास्वपाको चुनौती, ‘पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने हिम्मत छ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्न चुनौती दिएको छ । आइतबारको प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको र सो को अनुसन्धान गर्न न्यायिक छानबिन समिति आवश्यक रहेको बताएका छन् । 

‘२०७१ सालमा प्रधानमन्त्रीज्यू, तपाईँले नै निर्माण सम्झौता गरेको पोखरा विमानस्थलमा २०७९ मा निर्माण सम्पन्न भयो । तर पनि आजसम्म परिक्षण उडानबाहेक सञ्चालनमा आउन सकेको छैन । २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्ब भन्दा बढी भ्रष्टाचार भएको संसदको लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ ।’, रास्वपा सांसद पराजुलीले भने, ‘प्रधानमन्त्रीज्यू, अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भनेर कार्यकताको आँखामा छारो हालिरहने कि उच्चस्तरिय शसक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गर्ने प्रतिबद्धता जाहेर गर्ने ? हिम्मत छ प्रधानमन्त्रीज्यू ?’

CG

त्यस्तै उनले विमानस्थललाई आवश्यक लम्बाईको धावनमार्ग बन्न नसकेको तर त्योभन्दा लामो भ्रष्टाचारको सूची बनेको समेत बताएका छन् । सांसद पराजुलीले पोखराको भ्रष्टाचार काण्डले नेपालमा हुने भ्रष्टाचारका काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको बताएका छन् । उनले भने, ‘विमानस्थललाई आवश्यक लम्बाईको धावनमार्ग त बन्न सकेन तर धावनमार्ग भन्दा कयौँ गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेका छन् । यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना नीजि स्वार्थ त होलान्, यद्यपी नेपालमा हुने भ्रष्टाचारका काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा उजागर भएको सत्य हो नि ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै