नेभिगेशन
समाज

विश्व अर्थतन्त्र तरंगित हुँदा उद्योगमन्त्री चुरोट र रक्सीको लाइसेन्स बेच्न व्यस्त भएः मनिष झा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उद्योगमन्त्री चुरोट र रक्सीको लाइसेन्स बेच्नमा व्यवस्त भएको आरोप लगाएका छन् । उनले विश्व अर्थतन्त्र तरंगित भईरहेको र छिमेकी मुलुकमा युद्धको सम्भावनाकाे चर्चा भईरहेका बेला हाम्रो देशमा त्यसको प्रभावको बारेमा कोही चिन्तित नभएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘अहिले विश्वगजते अथतन्त्रले तरंगित भएको छ । सबैतिर सबै देशले अमेरिकासँगको ब्यापारको बारेमा, वा चाइनासँगको निकासी पैठारीको बारेमा, वा भारत र पाकिस्तानबिच जुन संभावित युद्धको चर्चा छ, त्यसले गर्न सक्ने प्रभावको बारेमा, मलेसिया र कम्बोडियामा भइराखेको सोलार प्यानलको प्रडक्सनको बारेमा, अमेरिकन बोइङ जुन चाइनाले फर्काइदियो त्यो कुन देशले किन्ने भन्ने बारेमा चर्चा भईराखेको छ । तर हाम्रो उद्योगमन्त्रीहरु यहाँ चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भनेर चर्चा गरिराखेका छन् । फेरि पनि म सरकारलाई शुभकाना दिन चाहन्छु । चलिरहोस् यो सरकार ।’ 

Ncell
Extreme Energy

त्यस्तै उनले प्रधानमन्त्रीले धेरैदिनदेखि सरकार ढल्दैन भनेको विषलाई उल्लेख गर्दै नढलोस् भनेर शुभकमना दिए । आफूहरुले प्रतिपक्षमा बसेर सरकार नढलोस् भनेर कामना गरिराखेको पनि बताए । 

‘यो सरकार नढलोस् हामी प्रतिपक्षमा बसेर शुभकामना दिन चाहन्छौँ । सरकारले आफ्नो उपलब्धीको चर्चा धेरै गरोस् आफ्नो आयुको भन्दा, चुनौति दिन चाहन्छु । मैले यो महिनामा यो गरेँ भनेर परिणामहरु सुनाउनुभयो अझै राम्रो सुनिन्थ्यो होला’ , उनले भने । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

‘एकदमै छोटो समयमा वडादेखि सबै तहको अधिवेशन गर्नुपर्ने छ’ एक केन्द्रीय सदस्यले भने, ‘विवाद भएन भने त सकिएला, विवाद भयो भने कार्यतालिका अनुसार अगाडि बढ्न मुस्किल छ।’

भर्खरै