नेभिगेशन
मुख्य समाचार

विश्व अर्थतन्त्र तरंगित हुँदा उद्योगमन्त्री चुरोट र रक्सीको लाइसेन्स बेच्न व्यस्त भएः मनिष झा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उद्योगमन्त्री चुरोट र रक्सीको लाइसेन्स बेच्नमा व्यवस्त भएको आरोप लगाएका छन् । उनले विश्व अर्थतन्त्र तरंगित भईरहेको र छिमेकी मुलुकमा युद्धको सम्भावनाकाे चर्चा भईरहेका बेला हाम्रो देशमा त्यसको प्रभावको बारेमा कोही चिन्तित नभएको बताएका हुन् । 

उनले भने, ‘अहिले विश्वगजते अथतन्त्रले तरंगित भएको छ । सबैतिर सबै देशले अमेरिकासँगको ब्यापारको बारेमा, वा चाइनासँगको निकासी पैठारीको बारेमा, वा भारत र पाकिस्तानबिच जुन संभावित युद्धको चर्चा छ, त्यसले गर्न सक्ने प्रभावको बारेमा, मलेसिया र कम्बोडियामा भइराखेको सोलार प्यानलको प्रडक्सनको बारेमा, अमेरिकन बोइङ जुन चाइनाले फर्काइदियो त्यो कुन देशले किन्ने भन्ने बारेमा चर्चा भईराखेको छ । तर हाम्रो उद्योगमन्त्रीहरु यहाँ चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भनेर चर्चा गरिराखेका छन् । फेरि पनि म सरकारलाई शुभकाना दिन चाहन्छु । चलिरहोस् यो सरकार ।’ 

त्यस्तै उनले प्रधानमन्त्रीले धेरैदिनदेखि सरकार ढल्दैन भनेको विषलाई उल्लेख गर्दै नढलोस् भनेर शुभकमना दिए । आफूहरुले प्रतिपक्षमा बसेर सरकार नढलोस् भनेर कामना गरिराखेको पनि बताए । 

‘यो सरकार नढलोस् हामी प्रतिपक्षमा बसेर शुभकामना दिन चाहन्छौँ । सरकारले आफ्नो उपलब्धीको चर्चा धेरै गरोस् आफ्नो आयुको भन्दा, चुनौति दिन चाहन्छु । मैले यो महिनामा यो गरेँ भनेर परिणामहरु सुनाउनुभयो अझै राम्रो सुनिन्थ्यो होला’ , उनले भने । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै