नेभिगेशन
मुख्य समाचार

कांग्रेस सांसद माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी सांसद राईलाई शनिबार पक्राउ गरिएको थियो । उनलाई काठमाडौँ प्रहरी परिसरले आज अदालत पेश गरेको थियो । 

CG

त्यस्तै आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी छन् । 

स्वर्णलक्ष्मी बहुउदेश्सीय सहकारी संस्था लिमिटेडका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...
इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा  नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जनाकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...

भर्खरै