नेभिगेशन
समाज

शिक्षकहरु कुटिपछि सुमनाको सुझाव, ‘यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्’

काठमाडौँ । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आइतबार शिक्षकहरु कुटिएको घटनालाई लिएर टिप्पणी गरेकी छिन् । सांसद श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै शिक्षकहरुले माथिल्लो तहमा पुर्याएकाहरुले नै आज शिक्षकमाथि दमन गरेका कारण उनीहरुको नैतिकता र चरित्र उदाङ्गो भएको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद श्रेष्ठले राजनीतिज्ञहरुले शिक्षकमाथि कसरी हेरिन्छ भन्ने विषय आजको घटनाले प्रष्ट्याएको समेत बताएकी छिन् । त्यस्तै उनले व्यवस्था ल्याउन भुमिका खेलेका शिक्षकहरुलाई देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न नसेकेको र सो अभियानमा सहभागि हुनुपर्ने बताइन् । उनले भनिन्, शिक्षक साथीहरू, जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाईचढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला। सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त बुझ्नुस्। पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनु भयो। तपाईहरुले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौ।अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि शामेल हुनुस्।’

Ncell
Extreme Energy

त्यस्तै उनले सरकारमा रहँदा राम्ररी वार्ता गर्न नसक्नेको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्न समेत आग्रह गरेकी छिन् । ‘यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा negotiate गर्न सक्ने — तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्। अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस्।’, सुमनाले भनिन् । 
त्यस्तै उनले शिक्षकले देशको नेतृत्व छान्ने समय आएको र अब पनि विधिसम्मत बस्ने कि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बस्ने भनेर प्रश्न समेत गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।