नेभिगेशन
समाज

शिक्षकहरु कुटिपछि सुमनाको सुझाव, ‘यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्’

काठमाडौँ । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आइतबार शिक्षकहरु कुटिएको घटनालाई लिएर टिप्पणी गरेकी छिन् । सांसद श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै शिक्षकहरुले माथिल्लो तहमा पुर्याएकाहरुले नै आज शिक्षकमाथि दमन गरेका कारण उनीहरुको नैतिकता र चरित्र उदाङ्गो भएको बताएकी हुन् । 

सांसद श्रेष्ठले राजनीतिज्ञहरुले शिक्षकमाथि कसरी हेरिन्छ भन्ने विषय आजको घटनाले प्रष्ट्याएको समेत बताएकी छिन् । त्यस्तै उनले व्यवस्था ल्याउन भुमिका खेलेका शिक्षकहरुलाई देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न नसेकेको र सो अभियानमा सहभागि हुनुपर्ने बताइन् । उनले भनिन्, शिक्षक साथीहरू, जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाईचढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला। सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त बुझ्नुस्। पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनु भयो। तपाईहरुले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौ।अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि शामेल हुनुस्।’

CG

त्यस्तै उनले सरकारमा रहँदा राम्ररी वार्ता गर्न नसक्नेको तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्न समेत आग्रह गरेकी छिन् । ‘यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा negotiate गर्न सक्ने — तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्। अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस्।’, सुमनाले भनिन् । 
त्यस्तै उनले शिक्षकले देशको नेतृत्व छान्ने समय आएको र अब पनि विधिसम्मत बस्ने कि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बस्ने भनेर प्रश्न समेत गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै