नेभिगेशन
समाज

बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर त्यस्ता आरोप लगाएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् । 

Ncell
Extreme Energy

देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तिनीहरुको वास्तविक रुप लामो समय नटिक्ने धारणा राखे । 

उनले काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको टिप्पणी गरे । ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन ठूला दुई प्रतिष्पर्धी दलहरु मिल्नुपरेको बताए । 

उनले जबजको मार्गदर्शन र सही विचार अंगिकार गरेकाले एमाले देशको प्रमुख पार्टी बनिरहेको उल्लेख गर्दै एमालेबिरुद्धको भ्रम तोड्दै ’मिसन ८४’ मा राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने दावी गरे । 

उनले बिभिन्न बहानामा पार्टी नेतृत्वलाई समेत कमजोर पार्ने काम भइरहेकाले सचेत हुन आग्रह गरे । पार्टीभित्रको आलोचनात्मक चेत र पार्टी बाहिर विरोध गर्नै नसक्ने, लड्नै नसक्ने, झुटको विरोध गर्न नसक्ने देखिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आज यी ठाउँमा वर्षा र हिमपात हुने

आज यी ठाउँमा वर्षा र हिमपात हुने

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् ।
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८...