नेभिगेशन
मुख्य समाचार

बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् । 

आइतबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर त्यस्ता आरोप लगाएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् । 

CG

देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तिनीहरुको वास्तविक रुप लामो समय नटिक्ने धारणा राखे । 

उनले काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको टिप्पणी गरे । ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन ठूला दुई प्रतिष्पर्धी दलहरु मिल्नुपरेको बताए । 

उनले जबजको मार्गदर्शन र सही विचार अंगिकार गरेकाले एमाले देशको प्रमुख पार्टी बनिरहेको उल्लेख गर्दै एमालेबिरुद्धको भ्रम तोड्दै ’मिसन ८४’ मा राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने दावी गरे । 

उनले बिभिन्न बहानामा पार्टी नेतृत्वलाई समेत कमजोर पार्ने काम भइरहेकाले सचेत हुन आग्रह गरे । पार्टीभित्रको आलोचनात्मक चेत र पार्टी बाहिर विरोध गर्नै नसक्ने, लड्नै नसक्ने, झुटको विरोध गर्न नसक्ने देखिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

एमालेको बागमती प्रदेश कमिटीले आगामी माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी अभियानको थालनी गर्न लागेको सो पार्टीका सचिव एवं प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । यस्तै...
पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

पार्टीभित्रको एकता कायम राख्न सभापति देउवा जस्तोसुकै लचक हुनपनि तयार

बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका बिषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसंगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू...
रास्वपा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे धादिङ–२ बाट उम्मेदवार आकांक्षी

रास्वपा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे धादिङ–२ बाट उम्मेदवार आकांक्षी

उनी २०७९ असारमा रास्वपा पार्टी गठन हुँदा महत्वपूर्ण भूमिका खेल्ने स्थापनाकालिन केन्द्रीय सदस्य मध्येका एक हुन् ।