नेभिगेशन
समाज

गगन थापाविरुद्ध सर्वोच्चमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता, मंगलबार पेसी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। उक्त मुद्दाको सुनुवाई गर्न मंगलबारका लागि पेशी तोकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध अदालतको अवहेलनामा कावाहीको माग राख्दै शुक्रबार सर्वोच्चमा निवेदन पेस गरेका थिए । तर उक्त दिन निवेदन दर्ता हुन सकेको थिएन । र आज उक्त निवेदन दर्ता भएको हो । 

Ncell
Extreme Energy

बिहीबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको बताएका थिए । 

उनले भनेका थिए, 
‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरुलाई दुई÷तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । आइतवार हेरुम, पख्लास शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषी पाएको छु । उ आफैंले समाचार दिन्छ । अनि आफैं कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरुको कार्यअवधी सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाँही चार वर्ष समय लाग्छ ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति

रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति

सभापतिका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका हुन् ।  रास्वपाका संस्थापक सभापति लामिछानेको महाधिवेशनपछि पहिलो कार्यकाल हुने छ ।
रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेदेखि मतदान

रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेदेखि मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि बिहान ९ बजेबाट मतदान हुने भएको छ ।
स्वर्णिम वाग्लेको ‘अर्थ–राजनीतिक' प्रस्ताव: रास्वपा ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’

स्वर्णिम वाग्लेको ‘अर्थ–राजनीतिक' प्रस्ताव: रास्वपा ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’

प्रस्तावनाको ५ बुँदामा संक्षिप्त व्याख्या सहित १० बुँदामा पूर्ण व्याख्या गरेको प्रतिवेदनमा भनिएको छ, ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक...
बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

रास्वपा महाधिवेशन अन्तर्गत बन्दसत्र सकिएपछि सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाहले अंकमाल गरेका छन् ।