नेभिगेशन
मुख्य समाचार

सकियो वीरगन्जस्थित सानोपाइला सहकारीको अनुसन्धान, ३० जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी प्रकरणको अनुसन्धान सकेको छ । प्रहरीले अनुन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अनुसन्धानका क्रममा वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ अपचलन भएको देखिएको छ । यो प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित  ३० व्यक्ति, ३ वटा सहकारी संस्था र ८ वटा कम्पनी गरी ४१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । 

CG

सानोपाइला सहकारीमा रकम बचत गरेका ४ सय ३८ जना बचतकर्ताले आफ्नो रकम अपचलन भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए । साउन २१ गते ५२ जनाले, भदौ २२ गते २०७ जनाले र फागुन २ गते १७९ जनाले छुट्टाछुट्टै जाहेरी दिएका थिए । 

रवि लामिछानेलाई पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरी वीरगन्ज ल्याएको थियो । मंसिर २५ गते उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराई चार घण्टा बयान लिएर सोही दिन हवाईमार्गमार्फत काठमाडौं पठाइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

तीनकुनेमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
कुलमानको निर्णयमा सर्वोच्चको रोक, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई पुनःस्थापित गर्न आदेश

कुलमानको निर्णयमा सर्वोच्चको रोक, प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई पुनःस्थापित गर्न आदेश

शाक्यलाई जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गराएका थिए ।
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भएको छलफलमा के विषयमा कुरा भयो ?

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भएको छलफलमा के विषयमा कुरा भयो ?

सोमबार सिंहदरबारमा प्रसाईंसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले अभियानले अघि सारेका मागका बारेमा जानकारी लिएकी हुन् । सो क्रममा प्रसाईंले आफ्ना माग व्यक्तिगत नभइ जनताको माग भएकाले गम्भिर हुन...
फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

फागुन २० गते १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले  २१ गते भोट हाल्न पाउने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक...

भर्खरै