नेभिगेशन
समाज

सकियो वीरगन्जस्थित सानोपाइला सहकारीको अनुसन्धान, ३० जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी प्रकरणको अनुसन्धान सकेको छ । प्रहरीले अनुन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अनुसन्धानका क्रममा वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ अपचलन भएको देखिएको छ । यो प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित  ३० व्यक्ति, ३ वटा सहकारी संस्था र ८ वटा कम्पनी गरी ४१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । 

Ncell
Extreme Energy

सानोपाइला सहकारीमा रकम बचत गरेका ४ सय ३८ जना बचतकर्ताले आफ्नो रकम अपचलन भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए । साउन २१ गते ५२ जनाले, भदौ २२ गते २०७ जनाले र फागुन २ गते १७९ जनाले छुट्टाछुट्टै जाहेरी दिएका थिए । 

रवि लामिछानेलाई पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरी वीरगन्ज ल्याएको थियो । मंसिर २५ गते उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराई चार घण्टा बयान लिएर सोही दिन हवाईमार्गमार्फत काठमाडौं पठाइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा वर्षा र हिमपात हुने

आज यी ठाउँमा वर्षा र हिमपात हुने

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् ।
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८...
प्राचार्य कुटपिटको आरोपमा दुई जना पक्राउ

प्राचार्य कुटपिटको आरोपमा दुई जना पक्राउ

बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।