नेभिगेशन
मुख्य समाचार

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरेको छ । 

CG

त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दाबी गरिएको छ ।  

माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र,  मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र  लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि समान रु २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गरिएको छ । 

सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध रु २१ करोड ८९ लाख ३९ हजार सात सय ८० बराबरको बिगो माग दावी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

सोही मुद्दामा आयोगले फरक फरक रुपमा विभिन्न चार वटा मुद्दा  दायर गरेको छ । आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित समेत १५ जना र हस्पिटेक प्रालिका विरुद्ध रु १९ करोड ४६ लाख १३ हजार एक सय २० बराबरको बिगो माग दाबी गरेको छ । 

मधेश प्रदेशका विभिन्न ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा पनि चरम भ्रष्टाचार भएको भन्दै आयोगले रु पाँच करोड एक लाख ९० हजार ८० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र  महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी,...
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
कांग्रेस सभापतिमा गगन थापा, महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलको उम्मेदवारी

कांग्रेस सभापतिमा गगन थापा, महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलको उम्मेदवारी

त्यस्तै विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले दिउँसो १ बजे नामावली सार्वजनिक गर्दै छ । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन...