नेभिगेशन
मुख्य समाचार

सिंहदरबारभित्र खानेपानीका बोतल र जार निषेध गरिँदै, मेलम्चीको पानी जडान तिब्र गतिमा 

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ ।

सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् । 

CG

उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ । खानेपानीमन्त्री प्रदीप यादवले अब सिंहदरबारमा खानेपानीका  बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए । हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रुपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले बताइन्। 

उनले भनिन्, “सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीब्र रुपमा अगाडि बढेको छ ।” 

मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताए । उनले भने, “मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ । अब चाँडै सिंहदरबारमा मेलम्चीको पानी वितरण हुन्छ ।”  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

उनका अनुसार यस वर्ष आंशिक रूपमा नाका सञ्चालन भए पनि १०–१५ दिनमा एकपटक मात्रै खुल्दा नियमित रूपमा सामान ओसारपसार हुन सकेन । “धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण यो...
लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र  महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी,...
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...