नेभिगेशन
समाज

राज्य अधिनायकवादतर्फ लम्किरहेको छ, विद्यार्थीको पढ्ने हकको हनन नगरियोसः सुमना श्रेष्ठ

काठमाडौँ । पूर्वशिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादतर्फ अघि बढाएको आरोप लगाएकी छिन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद श्रेष्ठले सरकारले शिक्षकहरुमाथि दमन गरेको भन्दै विद्यार्थीहरुको पढ्न पाउने हकको हनन नगर्न शिक्षकहरुको यथोचित मागलाई सम्बोधन गर्नुपर्ने बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हिजो जुन प्रकारले शिक्षकहरुमाथि राज्यले दमन गर्यो, दर्जनौँ शिक्षकहरु घाइते भएर अस्पतालमा छन् । उहाँहरुको मागहरु न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सरकारले सम्बोधन गर्नुपर्यो । शिक्षाको बजेट कति छ, आएर शिक्षकहरुले भन्नुपर्यो र पठनपाठनको वातावरण बनाउनुपर्यो । हाम्रा बच्चाहरुको बढ्ने अधिकार गुमिरहेको छ ।’, सांसद श्रेष्ठले भनिन्, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको यसमा फरक मत राख्न पाउने अभिव्यक्ति स्वतन्त्रता पनि हो । जुन तरिकाले राज्य अधिनायकवादतर्फ अघि बढिरहेको हो कि भनेजस्तो भान भइरहेको छ, त्यो बहुमतको अत्याचारतर्फ त सरकार गइरहेको छैन ? म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु ।’

Ncell
Extreme Energy

त्यस्तै उनले शिक्षकहरुले पार्टीको सदस्यता लिउञ्जेलसम्म शिक्षकहरुलाई राजनीतिक दलले कार्यकर्ता बनाइरहने भएकाले उनले पार्टीको सदस्यता त्याग्न समेत अनुरोध गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।