नेभिगेशन
समाज

रविन्द्र मिश्रलाई लगाइएको राज्यविरुद्धको अपराध र रवि लामिछानेमाथि साँधिएको प्रतिशोध उस्तै हुन्ः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले राप्रपा नेता रविन्द्र मिश्रमाथि लगाइएको राज्यविरुद्धको अपराध आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई साँधेको राजनीतिक प्रतिशोध जस्तै भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सामाजिक सञ्जालमा रविन्द्र मिश्रसँगको पहिलो भेटको स्मरण गर्दै वैचारिक मूल्य र मान्यता फरक रहेकोले राजनीतिमा सँगै काम गर्न नसकेपछि आफूहरुको सम्बन्ध दाजुभाइको जस्तै भएको बताएका छन् । 

Ncell
Extreme Energy

उनले लेखेका छन्, ‘नेता रविन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवान्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो।’ 

उनले पूर्वसचिव कृष्ण ज्ञवालीशब्दमार्फत रविन्द्र मिश्रको आलोच्य पक्ष र प्रशंस्य पक्ष पनि छुट्याएका छन् । उनले लेखेका छन्, ‘पूर्वसचिव कृष्ण ज्ञवालीले भन्नुभएझैँः महत्त्वाकांक्षा, आग्रह, अधैर्य, अस्थिरता र अपरिपक्वता उहाँका आलोच्य पक्ष हुन् भने देशभक्ति, आर्थिक इमानदारी, परोपकारिता, अध्ययनशीलता र मिलनसारिता उहाँका प्रशंस्य गुण हुन् ।’

उनले सरकारसँग विवेक देखाई रविन्द्र मिश्रलाई तुरुन्तै रिहा गरोस् भन्ने माग समेत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।