नेभिगेशन
मुख्य समाचार

रविन्द्र मिश्रलाई लगाइएको राज्यविरुद्धको अपराध र रवि लामिछानेमाथि साँधिएको प्रतिशोध उस्तै हुन्ः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले राप्रपा नेता रविन्द्र मिश्रमाथि लगाइएको राज्यविरुद्धको अपराध आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई साँधेको राजनीतिक प्रतिशोध जस्तै भएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा रविन्द्र मिश्रसँगको पहिलो भेटको स्मरण गर्दै वैचारिक मूल्य र मान्यता फरक रहेकोले राजनीतिमा सँगै काम गर्न नसकेपछि आफूहरुको सम्बन्ध दाजुभाइको जस्तै भएको बताएका छन् । 

CG

उनले लेखेका छन्, ‘नेता रविन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवान्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो।’ 

उनले पूर्वसचिव कृष्ण ज्ञवालीशब्दमार्फत रविन्द्र मिश्रको आलोच्य पक्ष र प्रशंस्य पक्ष पनि छुट्याएका छन् । उनले लेखेका छन्, ‘पूर्वसचिव कृष्ण ज्ञवालीले भन्नुभएझैँः महत्त्वाकांक्षा, आग्रह, अधैर्य, अस्थिरता र अपरिपक्वता उहाँका आलोच्य पक्ष हुन् भने देशभक्ति, आर्थिक इमानदारी, परोपकारिता, अध्ययनशीलता र मिलनसारिता उहाँका प्रशंस्य गुण हुन् ।’

उनले सरकारसँग विवेक देखाई रविन्द्र मिश्रलाई तुरुन्तै रिहा गरोस् भन्ने माग समेत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो

माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो

चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ। उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्। "मिललाई...
कांग्रेस विशेष महाधिवेशन: आज निर्वाचनको कार्यक्रम

कांग्रेस विशेष महाधिवेशन: आज निर्वाचनको कार्यक्रम

पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ । विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय...
आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...