नेभिगेशन
समाज

निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिने शिक्षकहरूको तयारी

काठमाडौँ । काठमाडौँमा आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोडेर गिरफ्तारी दिने तयारी गरेका छन् । नेपाल शिक्षक महासङ्घले आज राति १२ बजेसम्म शिक्षकहरूका मागलाई लिएर सहमति नगरे भोलिबाट निषेधित क्षेत्रबाट सामूहिक गिरफ्तारी दिने तयारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासङ्घको मङ्गलवार बसेको बैठकले आफूहरूका माग सम्बोधन गर्न सोमबार मध्यरातसम्म बसेको बैठकमा सरकार सुरुमा सकारात्मक देखिएपनि अन्तमा आएर भड्किएको बताएको छ । मध्यरात सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा शिक्षकहरूले राखेका मागप्रति छलफल भएको थियो । तर दुईपक्षबिच सहमति नभएको भन्दै दुवै पक्ष मन्त्रालयबाट बाहिरिएका थिए । 

Ncell
Extreme Energy

राति सहमति नभएपछि मंगलबार पुन वार्तामा बस्ने तयारीमा रहेकाे शिक्षक महासङ्घले वार्तामा जानुपूर्व आफ्नाे आन्तरिक बैठक बाेलाएकाे थियाे । साे बैठकमा सरकारले आफूहरूका माग पूरा गर्न आनाकानी गरेका भन्दै यदि मङ्गलवार मध्यरातसम्म सहमति नगरे आफूहरूले आन्दोलन थप चर्काउने निर्णय भएको छ । त्यस्तै उनीहरूले भोलिबाट निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिने समेत तयारी गरेका छन् । 

सोमबार राति अबेरसम्म सिंहदरबारमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन सकेको थिएन । 

सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको टोलीले गरेको थियो । वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । 
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको बताएका छन्। उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए ।  

महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका थिए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख बताएका थिए । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधवार सम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रविले बोलाएको सर्वदलीय बैठकमा को को छन् ?

रविले बोलाएको सर्वदलीय बैठकमा को को छन् ?

रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागिता छ भने संसदमा नरहेका दलका नेताहरु पनि सहभागी छन् ।
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले प्लाटफर्मको उद्घाटन गरेका हुन् ।