नेभिगेशन
समाज

रविमाथिकाे राजनीति प्रतिशोध प्रधानमन्त्रीले नै स्वीकार गरे, महामन्त्री विवाद गर्न नआउनुः मनिष झा 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले  सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको कुरा प्रधानमन्त्रीले नै स्वीकार गरेको दाबी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दलबाट आएकालाई एक झापु लगाएर ठिक पारेर हिरासतमा पठाएको भन्दै प्रतिशोध स्वीकार गरेको बताएका हुन् । 

Ncell
Extreme Energy

साथै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै रवि लामिछानेमाथि भएको प्रतिशोध प्रधानमन्त्रीले नै स्वीकार गरिसकेकोले वादविवाद गर्न नआउन समेत आग्रह गरे ।  

उनले भने, ‘वैशाख १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीज्यूले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो। एक झापु लगाएर ठिक पारेर हिरासतमा पुर्‍याएँ। उहाँप्रति आभार छ, स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ। अब आइन्दा यो विषयमा मन्त्री र महामन्त्रीहरू वादविवाद गर्न नआउनुहोला । किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।