नेभिगेशन
मुख्य समाचार

रविमाथिकाे राजनीति प्रतिशोध प्रधानमन्त्रीले नै स्वीकार गरे, महामन्त्री विवाद गर्न नआउनुः मनिष झा 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले  सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको कुरा प्रधानमन्त्रीले नै स्वीकार गरेको दाबी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दलबाट आएकालाई एक झापु लगाएर ठिक पारेर हिरासतमा पठाएको भन्दै प्रतिशोध स्वीकार गरेको बताएका हुन् । 

CG

साथै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै रवि लामिछानेमाथि भएको प्रतिशोध प्रधानमन्त्रीले नै स्वीकार गरिसकेकोले वादविवाद गर्न नआउन समेत आग्रह गरे ।  

उनले भने, ‘वैशाख १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीज्यूले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो। एक झापु लगाएर ठिक पारेर हिरासतमा पुर्‍याएँ। उहाँप्रति आभार छ, स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ। अब आइन्दा यो विषयमा मन्त्री र महामन्त्रीहरू वादविवाद गर्न नआउनुहोला । किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...