नेभिगेशन
समाज

अदालतको अवहेलना मुद्दामा गगन थापालाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ पेश गर्न आदेश दिएको हो । 
बिहीबार लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरुलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको बताएका थिए ।  उक्त अभिव्यक्तिलाई लिएर अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले आइतबार सर्वोच्चमा अवहेलनाको निवेदन  पेस गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो निवेदनमाथि थापालाई लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको हो । 

Ncell
Extreme Energy

के भनेका थिए थापाले ? 
‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरुलाई दुई/तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । आइतवार हेरुम, पख्लास शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ रु अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषी पाएको छु । उ आफैंले समाचार दिन्छ । अनि आफैं कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरुको कार्यअवधी सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाँही चार वर्ष समय लाग्छ ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...
पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली

तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा) को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित स्टार्टअप एआई इको (AI...
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो भएको छ ।
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

भर्खरै