नेभिगेशन
समाज

बुटवलका मुख्य जाहेरीकर्ता भन्छन्, ‘रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएकै छैन’

काठमाडौँ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्तामध्येका एक नारायण पहराईले आफूले रवि लामिछानेविरुद्ध जाहेरी नै नदिएको बताएका छन्। मंगलबार फेसबुकमा एक स्टाटस लेख्दै पहराईले आफू सो सहकारीको पीडित भएको तर आफूले रवि लामिछानेको नाम किटेर जाहेरी नदिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रहरीको अभियोगपत्र र अन्य कागजातहरूमा आफूलाई मुख्य जाहेरीकर्ताका रुपमा प्रस्तुत गरिएको र आफूले नै रवि लामिछानेविरुद्ध किटानी जाहेरी दिएको जसरी प्रचार गरिएको भएपनि आफूले बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी नदिएको बताएका छन् । उनले भनेका छन्, ‘रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन। तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ। यो प्रचारमा सत्यता छैन।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूभन्दा धेरै बचत हुनेलाई मुख्य उजुरीकर्ता नबनाएको तर आफूलाई मुख्य उजुरीकर्ता बनाएकोमा समेत आपत्ति जनाएका छन् । त्यस्तै उनले आफूहरुले बचत फिर्ताका लागि उजुरी दिएको तर आजसम्म एक पैसा नपाएको समेत गुनासो गरेका छन् । पहराईले केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्‍यो ? भन्दै प्रश्न समेत गरेका छन् ।

यस्तो छ पहराईले फेसबुकमा लेखेको स्टाटसः
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कयौं बचतकर्तामध्ये म पनि एक हुँ। सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो। र, इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएँ।

मेरो उजुरी कोही व्यक्तिलक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो। एक बचन नसोधी, सहमतिसमेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ।

‘नारायणबहादुर पहराई समेतको जाहेरीले वादी नेपाल सरकार’ भनेर रुपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रहबाहेक कुनै व्यक्तिविरुद्ध किटानी जाहेरी दिएको थिइन। तर, रवि लामिछानेविरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरियो, गरिएकै छ। यो प्रचारमा सत्यता छैन।

करोडकरोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन मुख्य उजुरीकर्ता बनायो, अझै बुझ्न सकेको छैन। मजस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं। तर, यत्रो समय बित्यो, खै तरु संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के–के सिफारिस गर्‍यो भनियो। तर, सरकारले ति सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन। केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउनेबाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्‍यो ? केही गरेको छैन। बरु, हामीजस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि !

म कोही व्यक्ति लक्षित थिइनँ, छैन। मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी/मुद्दा फिर्ता लिन राजी छु। हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिवद्ध छौं। हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाउ भनेका छैनौं। विधि/प्रक्रिया, अड्डा–अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसें। न्यायका नाममा पीडितलाई मात्र होइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको हुँ। निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गरौं ।

पहराईले यो स्टाटस लेखिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भने बुटवलकै सुप्रिम बचत तथा ऋण सहकारी संस्था प्रकरणमा हिरासतमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग...
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ ।

भर्खरै