नेभिगेशन
समाज

शिक्षक आन्दोलनः सरकारले 'नढाँटे' आजै सहमति हुने

काठमाडौँ । सडकमा आन्दोलन र सिंहदरबारमा वार्ता सँगसँगै चलाइरहेका शिक्षकहरुको मागमा सहमति  नजिक पुगेपनि निर्णय हुन रोकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार मध्यरातिसम्म शिक्षामन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका पदाधिकारीबिच छलफल चलेपनि टुंगो लाग्न भने बाँकी नै रहेको छ । 

Ncell
Extreme Energy

बैठकमा मन्त्रिपरिषद्ले आज बैठक राखी शिक्षकहरुले गरेका माग पास र शिक्षा ऐन ल्याउने मिति तोके, एक महिनादेखि काठमाडौँमा गर्दै आएको आन्दोलन रोक्नेसम्म सहमति  भएको वार्तामा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए । अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकले शिक्षकका माग पूरा गर्दा आर्थिक भारको पक्ष बुझिदिन अनुरोध गरेका थिए । तर, शिक्षक नेताहरूले नौबुँदे माग पास गराउनुपर्ने र ऐन ल्याउने कसिलो वातावरण तय भएपछि मात्रै आन्दोलनबाट पछि हट्ने अडान लिए । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मुख्य कुरा ऐनसँग नै जोडिएकाले ऐन ल्याउने विषयमा सरकारले ठोस निर्णय गर्नुपर्ने बताए । उनले आफूहरुले प्याकेजमानै सहमती गर्ने तयारी भएकाले बुधबार सरकारले चाल्ने कदमले अघिको वातावरण निर्धारण गर्ने बताए । 

शिक्षक महासंघकी सहअध्यक्ष पराजुलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकमा नौवटा बुँदामा निर्णय गर्नुपर्ने र बेलुकी थप बैठक बसेर ऐन ल्याउने विश्वासको स्थिति निर्माण गर्नेबारे सहमति भएको बताइन् । उनका अनुसार सरकारले ढाँटेन भने बुधबार बेलुकीसम्म सहमतीको ठोस निर्णय बाहिर आउने छ ।

शिक्षक नेताहरूले बुधबार सरकारले ठोस निर्णय गरे कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सहमति गरेका छन् ।
यस्तै आजका लागि पनि आन्दोलनका कार्यक्रम भने निरन्तर रहने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।