नेभिगेशन
मुख्य समाचार

शिक्षक आन्दोलनः सरकारले 'नढाँटे' आजै सहमति हुने

काठमाडौँ । सडकमा आन्दोलन र सिंहदरबारमा वार्ता सँगसँगै चलाइरहेका शिक्षकहरुको मागमा सहमति  नजिक पुगेपनि निर्णय हुन रोकिएको छ । 

मंगलबार मध्यरातिसम्म शिक्षामन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका पदाधिकारीबिच छलफल चलेपनि टुंगो लाग्न भने बाँकी नै रहेको छ । 

CG

बैठकमा मन्त्रिपरिषद्ले आज बैठक राखी शिक्षकहरुले गरेका माग पास र शिक्षा ऐन ल्याउने मिति तोके, एक महिनादेखि काठमाडौँमा गर्दै आएको आन्दोलन रोक्नेसम्म सहमति  भएको वार्तामा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

वार्तामा शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत सहभागी थिए । अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकले शिक्षकका माग पूरा गर्दा आर्थिक भारको पक्ष बुझिदिन अनुरोध गरेका थिए । तर, शिक्षक नेताहरूले नौबुँदे माग पास गराउनुपर्ने र ऐन ल्याउने कसिलो वातावरण तय भएपछि मात्रै आन्दोलनबाट पछि हट्ने अडान लिए । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मुख्य कुरा ऐनसँग नै जोडिएकाले ऐन ल्याउने विषयमा सरकारले ठोस निर्णय गर्नुपर्ने बताए । उनले आफूहरुले प्याकेजमानै सहमती गर्ने तयारी भएकाले बुधबार सरकारले चाल्ने कदमले अघिको वातावरण निर्धारण गर्ने बताए । 

शिक्षक महासंघकी सहअध्यक्ष पराजुलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकमा नौवटा बुँदामा निर्णय गर्नुपर्ने र बेलुकी थप बैठक बसेर ऐन ल्याउने विश्वासको स्थिति निर्माण गर्नेबारे सहमति भएको बताइन् । उनका अनुसार सरकारले ढाँटेन भने बुधबार बेलुकीसम्म सहमतीको ठोस निर्णय बाहिर आउने छ ।

शिक्षक नेताहरूले बुधबार सरकारले ठोस निर्णय गरे कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सहमति गरेका छन् ।
यस्तै आजका लागि पनि आन्दोलनका कार्यक्रम भने निरन्तर रहने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...