नेभिगेशन
समाज

काठमाडौँका संस्थागत विद्यालयलाई १० प्रतिशत निशुल्क छात्रवृति दिन अनुरोध, नदिए अनुमति रद्द गर्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई जेठको पहिलो साता भित्रै नियमानुसार छात्रवृति वितरण गर्न अनुरोध गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले एक सूचना जारी गर्दै नियमानुसार छात्रवृत्ति वितरणका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनीहरूका अभिभावकबाट आवेदन सङ्कलन गरी २०८२ साल जेठको पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु अनुरोध गरेको हो । 

Ncell
Extreme Energy

यदि नियमअनुसार छात्रवृत्ति वितरण नगरे र त्यसको विवरण महानगरमा पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनीसमेत महानगरले दिएको छ। 

सूचनामा चालु शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १० सम्मको  छात्रवृत्ति अनिवार्य रुपमा नियमानुसार वितरण गर्न र त्यसको विवरण महानगरपालिकामा पेस गर्न महानगरभित्रका भित्रका संस्थागत विद्यालयहरुलाई महानगरपालिकाले अनुरोध गरिएको छ । 

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० अनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति वितरण गर्न अनुरोध गरिएको हो ।

गत शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले र शैक्षिक सत्र २०८१ मा १९ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए।

महानगरले यस वर्ष पनि जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांगता भएका, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति वितरण गर्न अनुरोध गरेको हो। 

विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी संस्थागत विद्यालयहरुले छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।