नेभिगेशन
मुख्य समाचार

काठमाडौँका संस्थागत विद्यालयलाई १० प्रतिशत निशुल्क छात्रवृति दिन अनुरोध, नदिए अनुमति रद्द गर्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई जेठको पहिलो साता भित्रै नियमानुसार छात्रवृति वितरण गर्न अनुरोध गरेको छ। 

महानगरले एक सूचना जारी गर्दै नियमानुसार छात्रवृत्ति वितरणका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनीहरूका अभिभावकबाट आवेदन सङ्कलन गरी २०८२ साल जेठको पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउनु अनुरोध गरेको हो । 

CG

यदि नियमअनुसार छात्रवृत्ति वितरण नगरे र त्यसको विवरण महानगरमा पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनीसमेत महानगरले दिएको छ। 

सूचनामा चालु शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १० सम्मको  छात्रवृत्ति अनिवार्य रुपमा नियमानुसार वितरण गर्न र त्यसको विवरण महानगरपालिकामा पेस गर्न महानगरभित्रका भित्रका संस्थागत विद्यालयहरुलाई महानगरपालिकाले अनुरोध गरिएको छ । 

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० अनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति वितरण गर्न अनुरोध गरिएको हो ।

गत शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका ४६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले र शैक्षिक सत्र २०८१ मा १९ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए।

महानगरले यस वर्ष पनि जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांगता भएका, महिला, दलित, जनजाती, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति वितरण गर्न अनुरोध गरेको हो। 

विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी संस्थागत विद्यालयहरुले छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...