नेभिगेशन
समाज

नवराज विकसहित ६ जना मारिएको सोती घटनामा उच्च अदालतबाट आंशिक उल्टीको फैसला: जन्मकैद सदर,छुवाछुत कसुर बदर

सुर्खेत । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको रुकुमको फैसलामा आंशिक उल्टी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैद गर्ने जिल्ला अदालतको रुकुमको फैसला सदर गरेको छ भने जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरे उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। 

Ncell
Extreme Energy

उनका अनुसार पीडितले पाउनुपर्ने क्षतिपूर्तिको फैसला भने जिल्ला अदालतकै सदर भएको छ । यस अघि जिल्ला अदालतले २३ जनालाई जातीय भेदभाव तथा छुवाछुतमा कसुरमा पनि दुई वर्ष कैद र ५० हजार जरिवाना गरेको गरेको थियो । 

यस मुद्दामा जिल्ला अदालतले २०८० मंसिरमा २३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसमा २०८० माघ २२ गते उच्च अदालत सुर्खेतमा पुनरावेदन परेको थियो। त्यसको अन्तिम फैसला मंगलबार भएको हो।

यस अघि रुकुम जिल्ला अदालतले चौरजहारी नगरपालिका ८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

जिल्ला अदालतले नवराजकी प्रेमिकाका भाइलाई उमेरका आधारमा २५ वर्षभन्दा कम कैद सजाय सुनाएको थियो। जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो। तर प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतको फैसलामा उल्लेख थियो। तर उच्च अदालतले जातीय विभेद कसुरको सजाय उल्टाएसँगै उनीहरूको सजाय बदर हुने छ । 

२०७७ जेठ १० गतेको जातीय नरसंहारका रूपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो।

उनीहरूको शव फरक फरक दिन, भेरी नदीको फरक फरक स्थानमा फेला परेको थियो।  उक्त घटनामा ३४ जनाविरूद्ध मुद्दा दायर भएको थियो जस मध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग...
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ ।

भर्खरै