नेभिगेशन
समाज

सर्वोच्चले भन्यो, ‘यसअघिको अनधिकृत पत्र लेख्ने अधिकृतलाई कारबाहीको प्रकृया सुरु गरेका छौँ’

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्न भन्दै पत्र लेख्ने अधिकृतलाई कारबाही गरेको जनाएको छ । अदालतले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै यसअघिको पत्र अनधिकृत रहेको र सो पत्र लेख्ने लाई कानुनी प्रक्रिया सुरु गरेको जनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२/०१/१७ को श्री कारागार कार्यालय डिल्लीवजार काठमाडौँलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया शुरु गरिएको व्योहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।’, विज्ञप्तीमा भनिएको छ ।

Ncell
Extreme Energy

त्यसो नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र काट्ने सर्वोच्च अदालतका कर्मचारी नै पक्राउ परिसकेका छन्। रेशम चौधरीलाई कारागारमा राख्नु भन्दै डिल्लीबजार कारागारलाई पत्र लेख्ने अदालतको रिट तथा मुद्दा महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ  ।

विष्टले बुधबार एक पत्र लेख्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा रेशम पक्राउ परेर कारागार चलान समेत भइसकेका छन् । उनलाई कारागारबाट तत्काल छोड्न भन्दै अदालतले अर्को पत्र काटिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।