नेभिगेशन
मुख्य समाचार

सर्वोच्चले भन्यो, ‘यसअघिको अनधिकृत पत्र लेख्ने अधिकृतलाई कारबाहीको प्रकृया सुरु गरेका छौँ’

काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्न भन्दै पत्र लेख्ने अधिकृतलाई कारबाही गरेको जनाएको छ । अदालतले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै यसअघिको पत्र अनधिकृत रहेको र सो पत्र लेख्ने लाई कानुनी प्रक्रिया सुरु गरेको जनाएको हो । 

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२/०१/१७ को श्री कारागार कार्यालय डिल्लीवजार काठमाडौँलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया शुरु गरिएको व्योहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।’, विज्ञप्तीमा भनिएको छ ।

CG

त्यसो नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र काट्ने सर्वोच्च अदालतका कर्मचारी नै पक्राउ परिसकेका छन्। रेशम चौधरीलाई कारागारमा राख्नु भन्दै डिल्लीबजार कारागारलाई पत्र लेख्ने अदालतको रिट तथा मुद्दा महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ  ।

विष्टले बुधबार एक पत्र लेख्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा रेशम पक्राउ परेर कारागार चलान समेत भइसकेका छन् । उनलाई कारागारबाट तत्काल छोड्न भन्दै अदालतले अर्को पत्र काटिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...