नेभिगेशन
समाज

रिहा भए रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चोधरी रिहा भएका छन् । सर्वोच्च अदालतले पत्र लेख्दै चौधरीलाई रिहा गर्न आग्रह गरेपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । 

पार्टी एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । 
तर सर्वोच्च अदालतलेनै शाखा अधिकृत विष्टलले लेखेको पत्र आधिकारीक नभएको भन्दै डिल्ली बजार कारागारलाई अर्को पत्र पठाएको थियो । पत्रमा रेशमलाई तत्कालै थुनामुक्त गर्न भनिएको थियो । 
त्यस लगत्तै रेशम रिहा भएका हुन् । उनलाई लिन नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष समेत रहेकी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेता तथा कार्यकर्ता डिल्ली बजार कारागार पुगेका थिए । 
कारागारबाट निस्किएका रेशमले संचारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...