नेभिगेशन
समाज

रिहा भए रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चोधरी रिहा भएका छन् । सर्वोच्च अदालतले पत्र लेख्दै चौधरीलाई रिहा गर्न आग्रह गरेपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौको टोलीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । 
तर सर्वोच्च अदालतलेनै शाखा अधिकृत विष्टलले लेखेको पत्र आधिकारीक नभएको भन्दै डिल्ली बजार कारागारलाई अर्को पत्र पठाएको थियो । पत्रमा रेशमलाई तत्कालै थुनामुक्त गर्न भनिएको थियो । 
त्यस लगत्तै रेशम रिहा भएका हुन् । उनलाई लिन नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष समेत रहेकी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेता तथा कार्यकर्ता डिल्ली बजार कारागार पुगेका थिए । 
कारागारबाट निस्किएका रेशमले संचारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।