नेभिगेशन
समाज

शिक्षक र सरकारबीच सहमति, यी हुन् सहमतिका ९ बुँदा

काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । नेपाल शिक्षक महासँघ र नेपाल सरकारबीच ९ बुँदे सहमति भएको हो । उक्त सहमतिका बुँदाहरुलाई मन्त्रिपरिषद्ले पनि स्वीकार गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए । उनले यी बुँदाहरु सम्बोधन गर्दा नेपाल सरकारलाई करिब ८ अर्ब बराबरको दायीत्व थपिने जानकारी गराए । यस्ता छन् सरकार र शिक्षकबीच भएका सहमतिका ९ बुँदाहरु । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने 

Ncell
Extreme Energy

२. अस्थायी प्रकृतिका शिक्षक राहत अस्थायी करार साविक उमावि, सिकाई अनुदान,  प्राविधिकधार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी विदा सन्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रुपमा प्रदान गर्ने 

३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने 

४. आगामी आव २०८२ ८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने 

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमाबी,  प्राविधिक) सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने 

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षण तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने 

७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने 

८. नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने 

९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विकल्प नदिएसम्म सडक पेटी नछोड्ने भन्दै दृष्टिविहीन धर्ना (तस्बिरहरू)

विकल्प नदिएसम्म सडक पेटी नछोड्ने भन्दै दृष्टिविहीन धर्ना (तस्बिरहरू)

आफुहरुलाई कुनै विकल्प नदिएर सडक पेटीबाट हटाएको भन्दै आफुहरु धर्नामा बस्नु परेको उनीहरुले बताए। त्यस्तै विकल्प नदिएसम्म सडकपेटी नछोड्ने उनीहरुले बताए।
रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

रास्वपामा निर्वाचनः भोट माग्न व्यस्त उम्मेदवार र समर्थक (तस्बिरहरु)

हलभित्र चुनावको तयारी छ, बाहिर भोट माग्न भ्याइनभ्याई छ।
तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीमा १०५ रुपैयाँ

तोलामा ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीमा १०५ रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।
कांग्रेसमा २० असारसम्म सदस्यता अद्यावधिक

कांग्रेसमा २० असारसम्म सदस्यता अद्यावधिक

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ।

भर्खरै