नेभिगेशन
मुख्य समाचार

आजको मौसमः पहाडी केही स्थानमा  चट्याङसहित मध्यम वर्षा

काठमाडौँ।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

CG

यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । केही स्थानमा आंशिक बदली हुनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...