नेभिगेशन
समाज

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस हुने

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

Ncell
Extreme Energy

यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक तयारी, परिसर क्षेत्रमा सजावट, प्रवेश पासको व्यवस्थालगायत कार्यहरु भइरहेको उनले बताए । राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित ‘रिहर्सल’ गर्ने काम शुक्रबार बिहान गरिनेछ । 

संयुक्त बैठकपछि दुवै सदनका छुट्टाछुट्टै बैठक बसेर राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने र राष्ट्रपतिको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको प्रवक्ता गिरीले जानकारी दिए । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने  सम्भावित कार्यसूची रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।