नेभिगेशन
समाज

‘माउन्ट एभरेष्ट र सगरमाथाको सम्बन्ध छैन, सगरमाथा इज सगरमाथा’ – प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह गरेका छन् । उनले सगरमाथालाई  ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताएका हुन् । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘माउन्ट एभरेष्ट र समगरमाथाको कुनै लिनदिनु छैन । त्यसकारण यो नक्कली नाम हो । हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा’, प्रधानमन्त्री ओलीले भने । 

Ncell
Extreme Energy

माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम राखिएको व्यक्ति ब्रिटिस नागरिक भएको र ति व्यक्तिले सगरमाथा भन्दा ल्होत्से अग्लो भएको हिसाब निकालेको उनको भनाई छ । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरे ।
    
“वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ”, उनले भने ।

कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्‍याउने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व(पश्चिम राजमार्ग निर्माण भइसक्ने उल्लेख गरे । “हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ । त्यसकारण हरेक क्षेत्रमा नयाँनयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ”, उनले भने । 

प्रधानमन्त्री ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्नेगरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नहुने धारणा राखे । “विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीका क्षेत्रमा कोशी प्रदेशमा प्रशस्त सम्भावना छन् । यहाँका जनता शिक्षित र मेहनती हुनुहुन्छ । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना छ”, उनले भने । 

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, “म युवाहरूलाई भन्न चाहान्छु, रोजगारीको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सीप विकासमा सरकारले सहयोग गर्नेछ ।” 

प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान गर्न, रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षा गर्न सरकार सदैव तत्पर रहेको पनि लगानीकर्तालाई अवगत गराए । उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।