नेभिगेशन
मुख्य समाचार

‘माउन्ट एभरेष्ट र सगरमाथाको सम्बन्ध छैन, सगरमाथा इज सगरमाथा’ – प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह गरेका छन् । उनले सगरमाथालाई  ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने बताएका हुन् । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

‘माउन्ट एभरेष्ट र समगरमाथाको कुनै लिनदिनु छैन । त्यसकारण यो नक्कली नाम हो । हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा’, प्रधानमन्त्री ओलीले भने । 

CG

माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम राखिएको व्यक्ति ब्रिटिस नागरिक भएको र ति व्यक्तिले सगरमाथा भन्दा ल्होत्से अग्लो भएको हिसाब निकालेको उनको भनाई छ । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गरे ।
    
“वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ”, उनले भने ।

कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्‍याउने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व(पश्चिम राजमार्ग निर्माण भइसक्ने उल्लेख गरे । “हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ । त्यसकारण हरेक क्षेत्रमा नयाँनयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ”, उनले भने । 

प्रधानमन्त्री ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्नेगरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नहुने धारणा राखे । “विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीका क्षेत्रमा कोशी प्रदेशमा प्रशस्त सम्भावना छन् । यहाँका जनता शिक्षित र मेहनती हुनुहुन्छ । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना छ”, उनले भने । 

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, “म युवाहरूलाई भन्न चाहान्छु, रोजगारीको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सीप विकासमा सरकारले सहयोग गर्नेछ ।” 

प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान गर्न, रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षा गर्न सरकार सदैव तत्पर रहेको पनि लगानीकर्तालाई अवगत गराए । उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने आजैबाट पार्टी जिम्मेवारीमा फर्किने

रवि लामिछाने आजैबाट पार्टी जिम्मेवारीमा फर्किने

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको...
एमालेमा मनोनीत गर्न पुस २६ गते दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने

एमालेमा मनोनीत गर्न पुस २६ गते दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने

सोही बैठकमा मनोनीत हुने विभिन्न पदमा मनोनयन समेत गर्नेछ। एघारौँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो।
जेनजी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारको सम्मान

जेनजी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारको सम्मान

आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार उमेश कार्की, दिपेन्द्र ढुङ्गाना र श्याम श्रेष्ठलाई जनही रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।