नेभिगेशन
समाज

बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण

महोत्तरी । जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।

एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख रामविनय सिंह र सम्बन्धित वडाका वडाध्यक्ष श्यामराजा सिंह र काहारमान स्याङ्वाले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन्। बर्दिबास–५ का ६८ र बर्दिबास–२ का २४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

CG

बर्दिबास–२ बँदेलखाडीकी ८० वर्षीया भीममाया आले दङ्ग छिन् । आफ्नै घर भएको जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउँदा खुसी लागेको उनले बताइन् । “यही जग्गाको कागज पाऊ भनेर दौडादौड गर्दागर्दै श्रीमान्को निधन भयो । आज मैले पाएँ”, आलेले भने, “अबचाहिँ घर आफ्नै जग्गामा भएको निस्सा भयो ।” श्रीमान कबिरमान आलेले ६० वर्षअघि बनाएको घरको जग्गा लालपुर्जा पाउँदा आफ्नो सङ्घर्षको प्रतिफल पाएको अनुभूति भइरहेको उनको भनाइ छ ।

बर्दिबास–५ ढुङ्गेकी ७० वर्षीया बुद्धिमाया आले पनि घरबासको जग्गाको लालपुर्जा पाउँदा खुसी छिन्। स्वर्गीय श्रीमान् खड्कबहादुर आलेको मेहनत अहिले ५० वर्षपछि साकार भएको बुद्धिमायाले बताइन्। जग्गाधनी प्रमाणपुर्जा पाउने ९२ जनामध्ये ८० भन्दामाथि मगर समुदायका छन् । 

घरजग्गाको लालपुर्जा पाएसँगै आफूपनि जग्गाधनी भएको बर्दिबास–५ का ७५ वर्षीय बुद्धबहादुर थापा मगरले बताए । हातखुट्टा पक्षघातले सुकाएर हिड्डुलमा समस्या भोग्दै आएका उनले लालपुर्जा पाउँदा सबै शारीरिक कष्ट बिर्सेको प्रतिक्रिया दिए । 
आफू शारीरिक रूपमा अशक्त भए पनि घरजग्गाको लालपुर्जा पाउँदा खुसीले नाच्न मन लागेको उनको भनाइ छ । आफ्नो भनेर निस्सा देखाउने जग्गा कतै नभएका बेला थोरै भए पनि स्वामित्व दिँदा हर्षित भएको मगरले बताए । 

जिल्ला नापी कार्यालयले बर्दिबास–२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नगरप्रमुख क्षत्रीले उल्लेख गरे। पाँच दशक पहिलेदेखि भोगचलन गर्दै आएका घरबासीको जग्गा नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ । 

“हामीले सम्बन्धित वडाध्यक्षको रोहबरमा जग्गा नापजाँच गरी प्रमाणपुर्जा बनाएका हौँ”, नापी कार्यालय प्रमुख सिंहले भने, “जिल्लाभरि गाउँका घरबासी जग्गाका जग्गाधनी प्रमाणपुर्जा क्रमशः वितरण गर्दै आइएका छौँ, यो क्रम जारी रहन्छ ।” उनका अनुसार ती वितरण भएका जग्गाधनी प्रमाणपुर्जा सबै घरबास जग्गा हुन् । 

जिल्लाका सबै स्थानीयतहका वडा तथा बस्तीमा क्रमशः बसोबासका आधार र जग्गा भोगचलनका आधारमा घरजग्गाको नापजाँच गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गरिरहेको प्रमुख सिंहले जानकारी दिए। उनका अनुसार वितरण गरिएका प्रमाणपुर्जा तीन धुरदेखि १० धुर क्षेत्रफलसम्मका रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित

छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए । प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा...
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छः महामन्त्री थापा

“यो विद्रोह हो, प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो, मौनता साँध्नु भनेको मृत्युलाई अगाल्नु जस्तै हो”, उनले भने ।
कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

कांग्रेस विशेष महाधिवेशनः महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन पारित

त्यस्तै बन्दसत्रले पार्टीको विधान संशोधन प्रस्ताव समेत पारित गरेको छ । त्यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका एजेण्डा हलबाटै टुङ्गीने बताए । उनले हलले...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा राम रावल नियुक्त

सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । बाजुराका रावल यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिकामा थिए...