नेभिगेशन
मुख्य समाचार

प्रहरीमाथि गाडी लिएर किच्न जानेहरूको हातमा शासन सत्ता पुगे के गर्लान् ?: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू सक्रिय भएकाले त्यसबिरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन् । फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको उनले बताए । प्रधानमन्त्री ओलीले शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जानेहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको उल्लेख गरे । 

CG

उनले मुलुकको सभ्यता र संस्कृतिमा चुनौती दिनेलाई जवाफ दिन सक्नुपर्नेमा जोड दिए । आफूहरू समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर अघि बढिरहेको उल्लेख गर्दै रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने बताए । 

प्रधानमन्त्री ओलीले मजदुरहरूको हक अधिकार स्थापित गर्न सरकार सचेत रहेको उल्लेख गरे । उनले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह समेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...
‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए ।...
पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्री बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।

भर्खरै