नेभिगेशन
मुख्य समाचार

दुम्कीबासमा डाइभर्सन बगाउँदा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

CG

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् । 

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् काठमाडौँका १० वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका एमालेका उम्मेदवार

यी हुन् काठमाडौँका १० वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका एमालेका उम्मेदवार

एमालेका काठमाडौा जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए ।
पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

सोहि अवसरमा प्रतिनिधि सभा निर्वाचन तथा राजनीतिक घटनाक्रमका विषयमा सामान्य छलफल भएको थियो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन सहित राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ पुगेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा...
भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

त्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक...