नेभिगेशन
मुख्य समाचार

नेपाल विद्यालय कर्मचारी परिषदले घोषणा गर्यो आन्दोलनका कार्यक्रम, यस्ताे छ रूपरेखा

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषदले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार राति भएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा उनीहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
१५ जनाको आन्दोलन परिचालन समिति गठन गरेर परिषदले शुक्रबार आफूहरुको आन्दोलनको रुपरेखा सार्वजनिक गरेको हो । उनीहरुले आफूहरुले सुरुका दिनमा सभ्य भएर आआफ्नो ठाउँबाट सांकेतिक प्रदर्शन गर्ने र सरकारले अन्देखा गरे काठमाडौँ उपस्थित भएर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यस्ता छन् परिषदले तयार गरेको आन्दोलनको रुपरेखाः
१.मिति २०८२/०१/२१ गतेदेखि मिति २०८२/०२/०३ गतेसम्म कालोपट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने
२. मिति २०८२/०२/०४ गतेका दिन ७५३ स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने
३. मिति २०८२/०२/०५ गते जिल्लागत आन्दोलन परिचालत समिति गठन गर्ने
४. मिति २०८२/०२/०६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ ओटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझाउने
५.मिति २०८२/०२/०७ गतेकै दिन सातै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने
६. मिति २०८२/०२/०९,१० गते काठमाडौँ स्थित माइतीघर मण्डलादेखि सडक सडक आन्दोलनमा सबै उपस्थित हुने ।
७. तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गर्ने

परिषदले कर्मचारीको माग मुद्दा सम्बोधन नगरि महासंघले एकपक्षीय ढंगले सरकारसँग सहमति गरि आन्दोलनका कार्यक्रम फिर्ता गरेको भन्दै असन्तुष्ति जनाएका छन् । महासंघको आन्दोलनमा निरन्तर साथ र समर्थन गरिरहको अवस्थामा विद्यालय कर्मचारी कै माग सम्बोधन नहुनु उचित नभएको परिषदको ठहर छ ।

CG

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन् काठमाडौँका १० वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका एमालेका उम्मेदवार

यी हुन् काठमाडौँका १० वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका एमालेका उम्मेदवार

एमालेका काठमाडौा जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए ।
पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

सोहि अवसरमा प्रतिनिधि सभा निर्वाचन तथा राजनीतिक घटनाक्रमका विषयमा सामान्य छलफल भएको थियो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन सहित राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ पुगेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा...
भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

त्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक...