नेभिगेशन
समाज

नेपाल विद्यालय कर्मचारी परिषदले घोषणा गर्यो आन्दोलनका कार्यक्रम, यस्ताे छ रूपरेखा

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषदले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार राति भएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा उनीहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
१५ जनाको आन्दोलन परिचालन समिति गठन गरेर परिषदले शुक्रबार आफूहरुको आन्दोलनको रुपरेखा सार्वजनिक गरेको हो । उनीहरुले आफूहरुले सुरुका दिनमा सभ्य भएर आआफ्नो ठाउँबाट सांकेतिक प्रदर्शन गर्ने र सरकारले अन्देखा गरे काठमाडौँ उपस्थित भएर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यस्ता छन् परिषदले तयार गरेको आन्दोलनको रुपरेखाः
१.मिति २०८२/०१/२१ गतेदेखि मिति २०८२/०२/०३ गतेसम्म कालोपट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने
२. मिति २०८२/०२/०४ गतेका दिन ७५३ स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने
३. मिति २०८२/०२/०५ गते जिल्लागत आन्दोलन परिचालत समिति गठन गर्ने
४. मिति २०८२/०२/०६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ ओटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझाउने
५.मिति २०८२/०२/०७ गतेकै दिन सातै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने
६. मिति २०८२/०२/०९,१० गते काठमाडौँ स्थित माइतीघर मण्डलादेखि सडक सडक आन्दोलनमा सबै उपस्थित हुने ।
७. तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गर्ने

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिषदले कर्मचारीको माग मुद्दा सम्बोधन नगरि महासंघले एकपक्षीय ढंगले सरकारसँग सहमति गरि आन्दोलनका कार्यक्रम फिर्ता गरेको भन्दै असन्तुष्ति जनाएका छन् । महासंघको आन्दोलनमा निरन्तर साथ र समर्थन गरिरहको अवस्थामा विद्यालय कर्मचारी कै माग सम्बोधन नहुनु उचित नभएको परिषदको ठहर छ ।

Ncell
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै