नेभिगेशन
समाज

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै LIVE

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका ह्न् । सोही कारण सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको थियो । 

Ncell
Extreme Energy

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।

यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।

सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

लगातार तीन दिनसम्म भेलामा सहभागी भएका देउवाले अबको भेट भने अदालतको निर्णयपछि हुने संकेत गरे । त्यो पनि आफ्नो पक्षमा निर्णय आएमा । उनले भने– ‘अदालतको निर्णय हाम्रो...
पुनर्गठनको नाममा अध्यक्ष फेर्ने गतिविधि सह्य हुँदैन : ओली

पुनर्गठनको नाममा अध्यक्ष फेर्ने गतिविधि सह्य हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको माग गर्दै नेतृत्व परिवर्तनका लागि भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री गुरुङले गोरखामा पुगेर सुने सडकदेखि खानेपानीसम्मका समस्या

गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।