नेभिगेशन
समाज

रेशम थुनाउन ‘फर्जी’ पत्र लेख्ने महिमानसिंहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनाउन ‘फर्जी’ पत्र लेख्ने महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृतसमेत रहेका उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

प्रहरीले उनीमाथि लिखत किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ । 

CG

विष्टले बुधबार चौधरीलाई पक्राउ गरेर कारागार पठाउन भन्दै डिल्लीबजार कारागारमा पत्र पठाएका थिए । सो पत्रपश्चात पार्टी एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतलेनै शाखा अधिकृत विष्टलले लेखेको पत्र आधिकारिक नभएको भन्दै डिल्लीबजार कारागारलाई अर्को पत्र पठाएको थियो । त्यसपश्चात चौधरी रिहा भएका थिए भने विष्ट पक्राउ परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस विशेष महाधिवेशनः पुरानै विधानअनुसार निर्वाचन हुने

कांग्रेस विशेष महाधिवेशनः पुरानै विधानअनुसार निर्वाचन हुने

पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

कांग्रेस विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेर अगाडि पत्रकार सम्मेलन गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि पार्टी संस्थापनलाई स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविन १ः३० बजेसम्म तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे,...