नेभिगेशन
समाज

रेशम थुनाउन ‘फर्जी’ पत्र लेख्ने महिमानसिंहलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनाउन ‘फर्जी’ पत्र लेख्ने महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृतसमेत रहेका उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले उनीमाथि लिखत किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ । 

Ncell
Extreme Energy

विष्टले बुधबार चौधरीलाई पक्राउ गरेर कारागार पठाउन भन्दै डिल्लीबजार कारागारमा पत्र पठाएका थिए । सो पत्रपश्चात पार्टी एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतलेनै शाखा अधिकृत विष्टलले लेखेको पत्र आधिकारिक नभएको भन्दै डिल्लीबजार कारागारलाई अर्को पत्र पठाएको थियो । त्यसपश्चात चौधरी रिहा भएका थिए भने विष्ट पक्राउ परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।