नेभिगेशन
समाज

सरकारको नीति तथा कार्यक्रम गोलमटोल, अस्पष्टः माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारको नीति तथा कार्यक्रम जनतामा आशा जगाउनेजस्तो नदेखिएको टिप्पणी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रम परम्परावादीजस्तो रहेकाले यसमा जनतामा आशा जगाउनेजस्तो केहि नदेखिएको बताए । उनले नीति तथा कार्यक्रममा आगामी मार्गचित्र प्रष्टसंग नआएको टिप्पणी गरे । त्यस्तै अनुगमनमाथि पनि अनुगमन गर्ने विषयले सरकारले आफँैले आफैँलाई विश्वास नगरेको संकेत गरेको बताए । 

Ncell
Extreme Energy

सापकोटाले नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने भएकाले सरकारको बजेट पनि कर्मकाण्डजस्तै आउने देखिएको बताए । सुशासन, सेवा प्रभाव र भ्रष्टाचार नियन्त्रणका बिषयमा समेत सरकारको प्रष्ट दृष्टिकोण आउन नसकेको उनको भनाइ छ । 

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम प्राण भएको जस्तो नदेखिएको र गोलमटोल रहेको आरोप लगाए । उनले सरकार अस्पष्ट ढंगले हिँडिरहेको अवस्थामा सरकारको कार्यक्रम पनि त्यस्तै अस्पष्ट रहेको बताए । 

पुनले कतिपय कुराहरु नीति तथा कार्यक्रममा नराखिएकाले पछि आफुखुसी बजेटमा राख्न खोजिएको हो की भन्ने आभाष भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।