नेभिगेशन
समाज

आजको मौसमः हिमाली क्षेत्रमा हिउँ पर्ने , पहाड र तराईमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन नेपालका विभिन्न भागमा पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाले जारी गरेको भिडियो बुलेटिनका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ भने पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना समेत रहेको छ । 

Ncell
Extreme Energy

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव परेकाले नेपालको मौसममा बदलाव आएको महाशाखाले जनाएको छ। 

मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिएको छैन । ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’ लामिछानेले भने ।

मेघ गर्जनसहितको वर्षा, चट्याङ र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।