नेभिगेशन
मुख्य समाचार

आजको मौसमः हिमाली क्षेत्रमा हिउँ पर्ने , पहाड र तराईमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन नेपालका विभिन्न भागमा पानी, चट्याङ र हिउँ पर्ने सम्भावना रहेको छ । 

महाशाखाले जारी गरेको भिडियो बुलेटिनका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ भने पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना समेत रहेको छ । 

CG

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव परेकाले नेपालको मौसममा बदलाव आएको महाशाखाले जनाएको छ। 

मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिएको छैन । ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’ लामिछानेले भने ।

मेघ गर्जनसहितको वर्षा, चट्याङ र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनः पुरानै विधानअनुसार निर्वाचन हुने

कांग्रेस विशेष महाधिवेशनः पुरानै विधानअनुसार निर्वाचन हुने

पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

कांग्रेस विशेष महाधिवेशनका प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले केहीबेर अगाडि पत्रकार सम्मेलन गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि पार्टी संस्थापनलाई स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका नेताहरुद्वारा  शपथ ग्रहण (तस्बिरहरु)

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

सार्वजनिक कार्यतालिकामा दिउँसो १२ः३० बजे मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविन १ः३० बजेसम्म तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे,...