नेभिगेशन
मुख्य समाचार

बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

काठमाडौँ । पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् । 

महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड तथा दुव्र्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ । 

CG

आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले उक्त तथ्य सार्वजनिक गरेको हो । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो । योसँगै युनेस्कोले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।

महासङ्घले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती,  घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाको घटनाका कारण विस्थापित हुनुपरेको घटनामा खेद प्रकट गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धादिङको फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव हुँदै

धादिङको फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव हुँदै

विभिन्न सांस्कृतिक कार्यक्रमसहित ११ औँ गोरु जुधाई महोत्सव आयोजनाको तयारी सुरु भएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ ।
फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस हुनेमा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार...
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।
सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।