नेभिगेशन
समाज

ढुक्क भएर नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुक्कका साथ सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् । 

Ncell
Extreme Energy

पार्टीका सांसदहरुलाई ओलीले भने, ‘हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ । विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैनन् ।’

उनले बिपक्षीको काम नै विरोध गर्ने भएकाले त्यस्ता कुरामा नमिल्न समेत सुझाव दिए । ओलीले देश र जनतालाई सर्वोपरि राखेर सरकार अघि बढिरहेको बताए । बिपक्षीहरुले सदनमा गलत बोल्ने गरेको भन्दै उनले गलत बोल्नेको कुरा पछिको पुस्ताले थाहा पाउने भएकाले रेडर्कमा राखिरहनुपर्ने उल्लेख गरे । 

बिपक्षीहरुले जनतामा भ्रम पार्न खोजे तत्काल खण्डन गर्न उनले निर्देशन दिए । ओलीले सदनमा चिप्लने खालको नभइ स्पष्ट रुपमा सदनमा धारणा राख्न समेत आफ्ना सांसदहरुलाई निर्देश गरे । 

प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे । समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उहाँले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।