नेभिगेशन
मुख्य समाचार

ढुक्क भएर नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुक्कका साथ सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् । 

CG

पार्टीका सांसदहरुलाई ओलीले भने, ‘हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ । विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैनन् ।’

उनले बिपक्षीको काम नै विरोध गर्ने भएकाले त्यस्ता कुरामा नमिल्न समेत सुझाव दिए । ओलीले देश र जनतालाई सर्वोपरि राखेर सरकार अघि बढिरहेको बताए । बिपक्षीहरुले सदनमा गलत बोल्ने गरेको भन्दै उनले गलत बोल्नेको कुरा पछिको पुस्ताले थाहा पाउने भएकाले रेडर्कमा राखिरहनुपर्ने उल्लेख गरे । 

बिपक्षीहरुले जनतामा भ्रम पार्न खोजे तत्काल खण्डन गर्न उनले निर्देशन दिए । ओलीले सदनमा चिप्लने खालको नभइ स्पष्ट रुपमा सदनमा धारणा राख्न समेत आफ्ना सांसदहरुलाई निर्देश गरे । 

प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे । समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उहाँले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धादिङको फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव हुँदै

धादिङको फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव हुँदै

विभिन्न सांस्कृतिक कार्यक्रमसहित ११ औँ गोरु जुधाई महोत्सव आयोजनाको तयारी सुरु भएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ ।
फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस हुनेमा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार...
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।
सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।