नेभिगेशन
मुख्य समाचार

पहिलो दल बन्ने सङ्कल्पसहित अघि बढेका छौँँस् अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पका जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् । 

तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उहाँले संसद्मा पहिलो दल बन्ने सङ्कल्पका साथ अघि बढेको बताए । “विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ”, अध्यक्ष दाहालले भने ।
 
‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’
 
    यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताए । 
 
“सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ । बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तरराष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको सङ्कल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ”, उनले भने ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धादिङको फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव हुँदै

धादिङको फ्याक्सेमा माघ १ गते गोरु जुधाई महोत्सव हुँदै

विभिन्न सांस्कृतिक कार्यक्रमसहित ११ औँ गोरु जुधाई महोत्सव आयोजनाको तयारी सुरु भएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ ।
फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

फागुन २१ को निर्वाचनमा उम्मेदवारीका लागि नेकपा उदयपुरबाट १८ जनाको नाम सिफारिस

निर्वाचन क्षेत्र नं. १ बाट सिफारिस हुनेमा अर्जुन तिल्सिना, किरण राई, जगनाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बू किराँती, मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार...
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।
सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।