नेभिगेशन
मुख्य समाचार

पाकिस्तान र इरानबाट झण्डै १७ हजार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार तीन हजार १७२ अफगान परिवारका १६ हजार ७६४ जना नागरिक आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

स्वदेश फर्किनेहरू पूर्वी ननगहार प्रान्तको तोर्खाम नाका, दक्षिणी कान्धहारको स्पिन बोलदक नाका, पश्चिमी हेरातको इस्लाम कला नाका, पश्चिमी निमरोजको अब्रिशम नाका र दक्षिणी हेलमन्दको बहरामचा नाकाबाट अफगानिस्तान प्रवेश गरेका छन् ।

CG

आयोगले ती स्वदेश फर्किएकाहरूलाई अस्थायी बसोबास, खाना, पानी, स्वास्थ्य सेवा र उनीहरूको गृह प्रान्तसम्म पुग्ने यातायात सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग ९यूएनएचसीआर० का अनुसार सन् २०२५ अप्रिल १ देखि २४ सम्मको अवधिमा मात्र पाकिस्तानबाट करिब एक लाख २० हजार अफगान नागरिक स्वदेश फर्किएका छन् ।

हाल विश्वभर करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, जसमा धेरैजसो अनौपचारिक रूपमा इरान र पाकिस्तानमा रहेका छन् ।

हालै पाकिस्तान र इरान सरकारले ती अनधिकृत रूपमा बसेका अफगान नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै