नेभिगेशन
समाज

पाकिस्तान र इरानबाट झण्डै १७ हजार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

छिमेकी मुलुक इरान र पाकिस्तानबाट बुधबार तीन हजार १७२ अफगान परिवारका १६ हजार ७६४ जना नागरिक आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको उच्च आयोगले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वदेश फर्किनेहरू पूर्वी ननगहार प्रान्तको तोर्खाम नाका, दक्षिणी कान्धहारको स्पिन बोलदक नाका, पश्चिमी हेरातको इस्लाम कला नाका, पश्चिमी निमरोजको अब्रिशम नाका र दक्षिणी हेलमन्दको बहरामचा नाकाबाट अफगानिस्तान प्रवेश गरेका छन् ।

Ncell
Extreme Energy

आयोगले ती स्वदेश फर्किएकाहरूलाई अस्थायी बसोबास, खाना, पानी, स्वास्थ्य सेवा र उनीहरूको गृह प्रान्तसम्म पुग्ने यातायात सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग ९यूएनएचसीआर० का अनुसार सन् २०२५ अप्रिल १ देखि २४ सम्मको अवधिमा मात्र पाकिस्तानबाट करिब एक लाख २० हजार अफगान नागरिक स्वदेश फर्किएका छन् ।

हाल विश्वभर करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, जसमा धेरैजसो अनौपचारिक रूपमा इरान र पाकिस्तानमा रहेका छन् ।

हालै पाकिस्तान र इरान सरकारले ती अनधिकृत रूपमा बसेका अफगान नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई फोन गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासको जोडदार वकालत गरेका छन् ।
दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्ध गरेका छन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।