नेभिगेशन
समाज

भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दाहरू फिर्ता

पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चेनाब नदीको किनारमा बसोबास गर्ने सेन्थको कृषि बस्तीका करिब एक हजार ५००  बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरेको जनाइएको छ ।  
“हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ,” गाउँ प्रमुख सुखदेव कुमारले भने ।

Ncell
Extreme Energy

कठिन अवस्थाका कारण ‘यहाँका अधिकांश गाउँलेहरूले आधारभूत घर बनाउनेभन्दा बढी लगानी नगर्ने उनले उल्लेख गरे ।  

भारतले पाकिस्तानलाई कस्मिरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीहरूबिचको सम्बन्ध बिग्रिएको छ ।
 
पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा क्याबो बोकेको आरोपमा भारतीय प्रहरीले तीन जनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्रसङ्घले उनीहरुलाई आतङ्कवादी घोषणा गरेको छ ।

यता पाकिस्तानले भने २६ जनाको हत्या गर्ने सहयोग गरेको आरोपलाई इस्लामाबादले अस्वीकार गरिरहेको छ ।  

भारतीय सेनाले शनिबार आफ्ना सैनिकहरूले पाकिस्तानी सैनिकहरूसँग कश्मीरसँगको सीमामा गोली चलाएको बताएको छ ।  

 सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ ।  

गाँउ प्रमुख कुमारले अधिकांश परिवारहरूले सुरक्षित आवासका  लागि अर्को ठाउँमा घर बनाई सरेको र शिविरमा करिब एक तिहाइ मात्र मानिसहरूमा रहेको बताए ।

सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ । 

“पहलगाममा आक्रमण भए देखि बालबालिका डरैडरमा बाँचिरहेका छन् भने वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ, छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ, र युरोपेली सङ्घले शुक्रबार स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई फोन गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासको जोडदार वकालत गरेका छन् ।
दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्ध गरेका छन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।