नेभिगेशन
मुख्य समाचार

आजको मौसमः  बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिदा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही  पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र  कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ  । देशका हिमाली एवम् पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

CG

त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।
सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।
दोस्रो दिनको बन्द सत्र सुरू

दोस्रो दिनको बन्द सत्र सुरू

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएपनि विषेश महाधिवेशन...
काठमाडौँमा छैन बन्द को प्रभाव

काठमाडौँमा छैन बन्द को प्रभाव

सिपी  गजुरेल , धर्मेन्द्र बस्तोला , आहुती लगायत ६ क्रान्तिकारी कम्युनिस्ट दलले फाल्गुन २२ गते हुने निर्वाचनको बिरोधमा आह्वान गरेको उपत्यका बन्दमा काठमाडौं सडक र  जडिबुटीको अवस्था ,...