नेभिगेशन
समाज

कक्षा १२ को परीक्षा आजदेखि  सुरु

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा आज बिहानदेखि सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सुरु भएको र निर्धक्क भएर परीक्षामा दिन परीक्षार्थीलाई आग्रह गरेका छन् ।  परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे सञ्चालन भैरहेको छ । 
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए । 

Ncell
Extreme Energy

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
 
त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस ९लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक० लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

परीक्षाको मर्यादाविपरीत शिक्षकरकर्मचारीरनिरीक्षकरपरीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च÷अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने)सहभागी हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

सदनमा उठ्यो सुनकोशीमा वृद्ध दम्पती बेपत्ता भएको घटना

मण्डनदेउपुर नगरपालिका–७का वृद्ध केदारनाथ पराजुली र उनकी पत्नी तीलकुमारी सुनकोशी नदीमा हेलिएको घटनाले सदनमा पनि प्रवेश पाएको छ ।
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध...
ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सारिएको विषयमा सदनलाई जानकारी गराउन सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सरकारलाई निर्देशन दिएका छन् ।