नेभिगेशन
समाज

प्रतिकूल मौसमले आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको  उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ  ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तरराष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)को विमान डाइभर्ट भएको उनले जानकारी दिए।

CG

रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिए ।
सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

सुनको मूल्य तोलाकै २ लाख ७६ हजार ५ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० कायम भएको छ ।
दोस्रो दिनको बन्द सत्र सुरू

दोस्रो दिनको बन्द सत्र सुरू

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्।आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएपनि विषेश महाधिवेशन...
काठमाडौँमा छैन बन्द को प्रभाव

काठमाडौँमा छैन बन्द को प्रभाव

सिपी  गजुरेल , धर्मेन्द्र बस्तोला , आहुती लगायत ६ क्रान्तिकारी कम्युनिस्ट दलले फाल्गुन २२ गते हुने निर्वाचनको बिरोधमा आह्वान गरेको उपत्यका बन्दमा काठमाडौं सडक र  जडिबुटीको अवस्था ,...