नेभिगेशन
समाज

सांसदहरुको एकै स्वर, ‘केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरुले त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’  दिन नहुने बताएका छन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमासांसदहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Ncell
Extreme Energy

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । 

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले  केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै  अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् । 

आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले  निरन्तर पहल गर्नुपर्ने माग गरे । 
    
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसी थिए । 

केहि दिन अघि केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा भेटिएकी थिइन् । यसअघि गत फागुनमा रुपन्देहीकी प्रकृति लम्साल पनि सोही होस्टलमा मृत भेटिएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४९ जनाको उद्धार गरेको छ ।